
प्रहरीका अनुसार सो दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् ।
गएराति ९ बजे ना२च ६२२७ नम्बरको पिकअप गाडीले स७प ६४०९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुबै जनालाई राम प्रसाद उमा स्मारक अस्पताल लाहान लैजाने क्रममा एक जनाको मृत्यु भएको हो ।
घाइते अर्को व्यक्तिको सोही अस्पतालमा उपचार भइरहेको छ । मृतक र घाइते दुबै जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।
दुर्घटना पश्चात् फरार रहेका गाडी चालकको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्