२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चितवनको घुमाउनेमा भारतीय ट्रक दुर्घटना, एकजनाको मृत्यु


0
Shares

उनीहरुको पहिचान खुलेको छैन । घाइतेलाई उपचारका लागि भरतपुर ल्याइँदै गरेको चितवन प्रहरीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित घुमाउनेमा आज बिहान ३ः५० बजेको समयमा सो दुर्घटना भएको हो ।

सुनौलीबाट काठमाडौँ जाँदै गरेको बिआर ३२ बीएन ३१०९ नंको भारतीय ट्रक ओभरटेक गर्ने क्रममा आफैँ अनियन्त्रित भई सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।

ट्रक सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो । अहिले उद्धारका लागि प्रहरी टोली घटनास्थलमा छन् । (रासस)