५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


राष्ट्रसंघ स्थापनापछि अर्को विश्वयुद्ध रोक्न सफल : बान कि मुन


0
Shares

संयुक्त राष्ट्रसंघको स्थापना भएपछि उसको सक्रियताका कारण नै गएको ७० वर्षमा अर्को विश्वयुद्ध रोक्ने काममा सफलता प्राप्त भएको बुधबार संयुक्त राष्ट्रसंघमा उनले बताए ।
पूर्व महासचिव मुनले भने, ‘राष्ट्रसंघको स्थापनापछि नै विश्व समुदाय विश्वमा अर्को विश्वयुद्ध रोक्न सफल भएको हो, त्यसैले विश्वमा राष्ट्रसंघको प्रशंसा पनि हुने गरेको छ ।’

उनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठकमा आफ्नो धारणा राख्दै सो कुरा बताएका हुन् उनले विश्वमा शान्ति स्थापना र शान्ति कायमगर्ने काममा संयुक्त राष्ट्रसंघको भूमिका विषयमा प्रवचन दिएका थिए ।

वर्तमान विश्वमा शान्ति र व्यवस्थाको स्थापना र कायम विषयमा संयुक्त राष्ट्रसंघको भूमिकाको बारेमा उनले भने, ‘यो नै एकमात्र विश्व संस्था हो जसले विश्वमा विभिन्न स्थानमा जारीरहेका द्वन्द्वको बाबजुद पनि अर्को विश्वयुद्धको खतरालाई टार्न सकेको छ ।’

उनले विश्वमा शान्ति स्थापनाका साथै गरिबी निवारण, जनस्वास्थ्यको उपलब्धता र आवश्यकताका तथा नागरिकमा शिक्षा र स्वास्थ्यको पहूँचजस्ता कामहरुमा विश्व संस्थाको रुपमा रहेको संयुक्त राष्ट्रसंघले ठूलो योगदान पु¥याइरहेको धारणा पनि सो अवसरमा राखेका थिए ।

यस कार्यका लागि उनले विश्व समुदायलाई विशेष धन्यवाद पनि दिए । गरिबी निवारण, शिक्षा र स्वास्थ्यको पहूँचजस्ता विषय र क्षेत्रहरुमा विश्व समुदायको समन्वयात्मक सहयोग र योगदान नभएको भए यसको कुनै सम्भावना नरहेको पनि उनले बताए ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा राष्ट्रसंघको बडापत्रका बारेमा सन् २०१५ पछिको यो तस्रो बैठक हो । महासचिव मुनले सो बैठकमा विश्वमा शान्तिको अवस्था, यसका चुनौतीहरुका साथै यस्तो अवस्थामा संयुक्त राष्ट्रसंघको भूमिकाको बारेमा विशेष मन्तव्य राखेका थिए ।

दोस्रो विश्वयुद्ध पछि विश्वमा शान्ति स्थापनागर्ने र सम्भावित अर्को विश्वयुद्धको अवस्थालाई रोक्ने उद्देश्यका साथ सन् १९४५ मा संयुक्त राष्ट्रसंघको स्थापना भएको हो ।

त्यसयता विश्वयुद्ध नै भनेर कुनै विश्वव्यापी युद्ध नभएको भए पनि राष्ट्रसंघको विश्वमा शान्ति र व्यवस्था कायम गर्ने उद्देश्यअनुरुप काम भने हुन नसकेको विश्वमा चर्चा गर्ने गरिन्छ ।

विश्वयुद्धकै नाममा नभए पनि सिरिया, अफगानिस्तान, इराकलगायतका विश्वका कतिपय देशहरुमा लाखौँलाख नागरिक मारिएका छन् । यस्तो कार्यमा पनि विश्व संस्थाको रुपमा रहेको संयुक्त राष्ट्रसंघको भूमिका सशक्त हुनुपर्ने आवाज सर्वत्र उठ्ने गरेको पाइन्छ । (रासस/सिन्ह्वा)