मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र ‘हरप्लेस’ रुकुमको समन्वयमा जिल्ला समन्वय समिति, मुसिकोट नगरपालिका र हरप्लेस रुकुमको आर्थिक सहयोगमा शान्ति स्मारक निर्माण गरिएको हो । स्मारकमा राज्य र विद्रोही पक्षबाट रुकुममा मारिएका ६ सय ६७ जनाकै नाम उल्लेख गरिएको छ ।
राज्य र विद्रोही पक्षबाट मारिएकाहरुको सम्मान र सम्झनामा शान्ति स्मारक बनाइएको हरप्लेस रुकुमका जिल्ला कार्यक्रम संयोजक सुरेन्द्र खत्रीले बताए ।
स्मारक निर्माणका लागि कुल ९ लाख २ हजार रुपैयाँ लागेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्