
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको एमाले स्थायी समितिको बैठकले पार्टीका शीर्ष नेताहरुसँग परामर्श गरेर मन्त्री छान्ने जिम्मा ओलीलाई दिएको हो । बाम गठबन्धनसँग बहुमत भए पनि दुई तिहाई बहुमतको सरकार बनाउन मधेशवादी दलसँग पनि परामर्श गरेर मन्त्रिपरिषद् बिस्तार गर्ने जिम्मेवारी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई नै दिएको छ ।
सबै कुरालाई ध्यान दिदै भूगोल ,पार्टी भित्रको योग्यता, क्षमता र समावेशीता मिलाएर प्रधानमन्त्रीले पार्टी नेताहरुसँगको परामर्शमा मन्त्री छान्ने निर्णय भएको नेता योगेश भट्टराईले जानकारी दिए । उनले सबै पक्षसँग छलफल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा केही ढिलाई हुन सक्ने बताए ।
बैठकले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता अगाडि बढिरहेको अवस्थामा भातृसंगठन र जनवर्गीय संगठनका अधिवेशनहरु हाललाई स्थगित गर्ने निर्णय गरेको छ भने एमाले र माओवादीबीचको पार्टी एकीकरण सम्बन्धमा भएको ७ बुँदे आधारपत्र पनि अनुमोदन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्