१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


जंगलीहात्तीको आक्रमणबाट दुईजनाको ज्यान गयो


0
Shares

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–३ मियाबारी निवासी ७० वर्षीय च्याङ्ग्रा राजवंशी र बिर्तामोड नगरपालिका–७ निवासी ७० वर्षीय लसुने मियाँ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

घरनजिकैको दुन्दर निचाझोडा सामुदायिक वनमा दाउरा खोज्न गएका उनीहरुलाई शनिबार मध्याह्न १२ बजे जंगलीहात्तीले लछारपछार पार्दै खुट्टाले कुल्चिएर मारेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले बताए । रासस