१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


संविधान संशोधन नभइ सरकारमा जाँदैनौं : झा


0
Shares

शनिबार राजानीमा रिपोर्टस् क्लबद्वारा आयोजित साक्षात्कारमा उनीहरुले सरकार मधेसकेन्द्रित दलहरुको मागमा लचिलो रहेको बताएका हुन् ।

नेकपा एमालेका रघुवीर महासेठले एमाले र माओवादी केन्द्र संविधान संशोधन गर्न तयार भएकाले संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाललाई बिनाशर्त सरकारमा सहभागी हुन आग्रह गरे ।

मधेसकेन्द्रित दल मधेसको समस्या समाधान गर्न चाहन्छन् भने सरकारमा आउनुपर्ने उनको भनाइ थियो ।

नेता महासेठले प्रतिपक्षमा बसेर मधेसको समस्या समाधान नहुने भन्दै उनीहरुलाई ससम्मान सरकारमा ल्याउन चाहेको जिकिर गरे ।

देश र जनताको हितमा संविधान संशोधन गर्न आफूहरु तयार रहेको महासेठको भनाइ छ ।

साक्षात्कारमा माओवादी केन्द्रका नेता रामनारायण बिंडारीले एक साताभित्र मधेसकेन्द्रित दलका नेताहरुलाई समेट्ने गरी मन्त्रिमन्डल विस्तार हुने बताए ।

उनले मधेसकेन्द्रित दलका नेताहरुलाई सरकारमा ल्याउन वार्ता भइरहेको जानकारी पनि दिए ।

राजपाका अध्यक्षमन्डलका सदस्य अनिलकुमार झाले भने संविधान संशोधन नभइ आफूहरु सरकारमा नजाने स्पस्ट पारे ।

उनले विगतमा संविधान संशोधनको विपक्षमा रहेको एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको उनको भनाइ थियो ।