२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


एन्फाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका शेर्पा भन्छन्– विधान विपरीत निर्वाचनको तयारी


0
Shares

‘फुटबलमा परिवर्तन पक्षधरहरुको भेला’ नाम दिएर काठमाडौंमा आइतबार आयोजना गरिएको कार्यक्रममा शेर्पाले निर्वाचनको आवश्यक तयारीमा आफ्नो पक्षलाई पुरै बेवास्ता गरेको आरोप लगाए । आफ्ना समर्थकहरुका साथ उपस्थित भएका शेर्पाले आफु विजयी भएको खण्डमा गर्नुपर्ने सुधार र विकास कार्यक्रमबारे पनि चर्चा गरेका थिए ।

शेर्पाले एन्फा संस्थापन पक्ष कुनै बहाना निकालेर निर्वाचन नै हुन नदिने षड्यन्त्रमा लागेको आशंकासमेत गरे ।

एन्फाको नयाँ नेतृत्व चयनका लागि यही चैत १४ गते साधारणसभा हुँदैछ । त्यसका लागि अध्यक्षमा संस्थापन पक्षबाट हालका वरिष्ठ उपाध्यक्ष मणि कुँवर तथा असन्तुष्ट पक्षबाट पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पा चुनावी मैदानमा छन् ।