
फाइल तस्वीर
सबै हिसाबले हेटौँडा उपयुक्त नहुने भएकाले नयाँ ठाउँको पहिचान भई तयारी भइरहेको उनले बताए ।
आइतबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले त्यो ठाउँको बारेमा सार्वजनिक गर्न भने नहुने बताए । उनले भने, ‘अहिले नै सार्वजनिक ग¥यो भने समस्या हुन्छ ।’
प्रदेशको केन्द्र पर्नेगरी राजधानी सार्ने तयारी गरिएको ठाउँमा सात लाख रोपनी जग्गा एकै ठाउँमा रहेको र तीन लाख रोपनी वन रहेको पनि उनले बताए । ५० हजार रोपनी खोलाले खाएको जग्गा पनि रहेको भन्दै उनले भने, ‘त्यहाँ १४÷१५ करोड लिटर पानी भण्डारण गर्न मिल्छ जसबाट १० लाख जनतालाई खानेपानी पुग्छ ।’
तीसवटा महत्वपूर्ण पूर्वाधार बनाउने बताउँदै उनले प्रदेशको जुन ठाउँबाट पनि चार घण्टाभित्र राजधानी पुगिने बताए ।
जग्गा व्यवसायीले जग्गा किनेर अस्तव्यस्त पार्ने भएकाले तत्काल सो ठाउँ सार्वजनिक गर्न नमिल्ने भन्दै उनले आउँदो चार महिनाभित्र राजधानी सर्ने बताए ।
उनले भने, ‘निर्णय भएपछि तत्काल सार्छौँ । पूर्वाधार मन्त्री म आफैं भएकाले मैले तयारी गरिरहेको छु । आन्तरिक काम भइरहेको छ ।’
मुख्यमन्त्रीको कार्यालय, मन्त्रालय, सांसद भवन कहाँ राख्ने भन्ने विषयमा गृहकार्य भइरहेको पनि उनले बताए । राजधानी सरेसँगै प्रदेशको नामाकरण गरिने पनि मन्त्री स्थापितले बताए ।
आउँदो पाँच वर्षमा पूर्वाधारका क्षेत्रमा जनताले महशुस गर्न सक्ने गरी आमूल परिवर्तन हुने पनि उनले बताए । (रासस)
प्रतिक्रिया दिनुहोस्