
नारायणी नदीलाई बागमतीकोजस्तो अवस्था सिर्जना हुन नदिन बेलैमा जागरण अभियान सुरु गरिएको जनाइएको छ ।
संग्लो नदीकोरुपमा चिनिने नारायणी नदी पछिल्लो समय प्रदूषित बन्दै गइरहेको छ । मानवीय क्रियाकलापका कारण दुर्गन्ध फैलिएको छ भने देवघाटदेखी नारायणी नदी किनारसम्म प्रदूषित बनेको छ ।
नदी किनारमा ठेला व्यापारदेखि स्थानीयको ‘डम्पिङ साइड’ बनेको छ भने मान्छेको जमघटले फोहर बढेको छ । नारायाणगढको ढल सीधै नदीमा मिसाउने गरिएको छ ।
नारायणीलाई पहिलेकै स्वच्छ तथा स्वस्थ्य अवस्थामा फर्काउने उद्देश्यले चितवनका युवा नदी सफाइ अभियानमा जुटेका छन् ।
उमाशंकर ट्रस्ट, वे ग्रुपलगायतका संस्थाहरु तथा युवा, विद्यार्थीको सक्रिय सहभागिता र सामाजिक सन्जालको अभियानमार्फत् युवाहरु सफाइमा जुटेका हुन् ।
सोमबार नारायणी नदी सफाइ अभियानमा सहभागी भएर भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले नदीको अवस्था निकै दयनीय भएको बताइन् ।
मेयर भएको ६ महिनाभन्दा बढी समय भइसके पनि उनी पहिलोपटक नारायणी नदीमा पुगेर यसको अवस्थाकाबारेमा जानकारी लिएकी हुन् ।
उनले नदीको किनारमा फोहोरको अवस्था निकै विकराल रहेको भन्दै महानगरले ठोसरुपमा काम गर्ने दाबी गरिन् ।
प्रतिक्रिया दिनुहोस्