१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


स्वास्थ्य दिवस मनाईदै, ‘राज्य पुर्नसरचनांका नाममा स्वास्थ्य सेवामा आक्रमण नहोस’


0
Shares

दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्य सचिव लोकदर्शन रेग्मीले सबैको पहुँचमा स्वास्थ्य सेवा लैजान राज्यले सम्पूर्ण सामथ्र्य प्रयोग गर्नुपर्नेमा जोड दिए ।

उनले कुनै एकांकी प्रयासबाट मात्रै स्वास्थ्य सेवाको लक्ष प्राप्त नहुने भएकाले सरकारी र नीजि क्षेत्र दुबैको प्रयास अपरिहार्य रहेको बताए ।

रेग्मीले देशका सबै ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन कुनै पनि अप्ठ्यारो परिस्थितिको समाधामन गर्न सरकार तैयार रहेको बताए ।

कार्यक्रमका सहभागीहरुले राज्य पुर्नसरचनांका नाममा स्वास्थ्य सेवामा भईरहेका आक्रमणलाई रोक्न सरकारको ध्यानाकर्षण गरका थिए ।

यसैबीच स्वास्थ्य मन्त्रालयले आजवाट सिंहदरवारमा कर्मचारीका लागी लक्षित गर्दै हेल्थ डेस्क सुचारु गरेको छ ।