
महिला एकलतर्फको उपाधि भने मायंका राणाले जितिन् ।
बुटवलको देवीनगरस्थित लनटेनिस कोर्टमा मंगलबार भएको फाइनल खेलमा प्रणवले सन्तोष खत्रीलाई तथा मायंकाले आफ्नै बहिनी माहिका राणालाई हराउँदै उपाधि हात पारेका हुन् ।
उपाधिसँगै प्रणव र मायंकाले जनही ५५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
यस्तै, फन डबल्समा कमल भण्डारी र अनील सेञ्चुरीको जोडीले जित्दा, भेट्रान ३५ वर्षमाथि कमल भण्डारी, ४५ वर्षमाथि चन्द्र शाही र ५५ वर्षमाथि राष्ट्रिय प्रशिक्षक कृष्णप्रसाद घलेले उपाधि जिते ।
प्रतिक्रिया दिनुहोस्