Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


होलीको दिन उपत्यकाका एक सयभन्दा बढी स्थानमा ट्राफिक चेकिङ हुने


0
Shares

महाशाखाका अनुसार नियमित ड्युटीबाहेक करिब १ सयभन्दा बढी स्थानमा सुरक्षा चेक पोइन्ट राखिने छ ।

बिहान ६ देखि साँझ ६ बजेसम्म सुरक्षा चेकपोइन्ट रहने महाशाखाका सह प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए ।

होली पर्व मनाउने नाममा हेल्मेट नलगाई मोटरसाईकल चलाउने, सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्ने, तिब्र गतिमा सवारी साधन चलाउने, मदिरा पिएर सवारी साधन चलाउने, पैदलयात्रीलाई सवारी साधनमा बसेर जबरजस्ती लोला हान्ने तथा रङ फाल्ने, हो–हल्ला गर्ने र लापरवारीका साथ सवारी साधन चलाउनेजस्ता कार्य गरेमा ट्राफिक प्रहरीले सवारी साधननै नियन्त्रणमा लिने उनले जनाए ।

मरासिनीका अनुसार यसरी नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक प्रक्रियापछि मात्रै छोडिने छ ।

यसैबीच महानगरिय प्रहरीले पनि होली पर्वलाई मर्यादित तवरले मनाउनको लागि सबैमा अनुरोध गरेको छ । उपत्यकास्थित तीनैवटा जिल्लाको शान्ति सुरक्षा कायम राख्न विभिन्न स्थानमा पिकेट डियुटीको व्यवस्थापन पनि गरिएको सो कार्यालयले जनाएको छ ।