
यही फागुन २९ गते राष्ट्रपतिको निर्वाचन हुनुअघि नै दुवै सदनको नेतृत्व चयन गर्ने प्रस्ताव संसद सचिवालयले अघि सारेको हो ।
बुधबार संघीय संसद भवन नयाँबानेश्वरमा बसेको सर्वदलीय बैठकले सभामुख, उपसभामुख तथा अध्यक्ष र उपाध्यक्षको निर्वाचन तालिकाको गृहकार्य गर्न सचिवालयलाई निर्देशन दिएको हो ।
फागुन २० गते बस्ने अर्को बैठकले निर्वाचनको मिति तय गर्ने बताइएको छ ।
सदनको पहिलो बैठकले सदन सन्चालनका लागि आवश्यक अन्तरिम कार्यविधि पारित गर्ने संसद सचिवालयका प्रवक्ता भरत गौतमले जानकारी दिए ।
अन्तरिम कार्यविधिको मस्यौदा सचिवालयले दलहरुलाई दिएको छ ।
यस्तै, बैठकमा फागुन २० गते हुने शपथग्रहणको तयारीका विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्