
काठमाडौं, फागुन १७ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले तालिवानी विद्रोहीलाई शान्ति वार्तामा आउन प्रस्ताव गरेका छन् ।
राष्ट्रपति घानीले १६ वर्षदेखि युद्धमा रहेको तालिवानलाई विनासर्त वार्तामा आउन आह्वान गरेका हुन् ।
काबुलमा भएको शान्ति सम्मेलनलाई सम्बोधन गर्दै उनले युद्धविराम र बन्दी आदानप्रदान गर्ने प्रस्ताव गरेका हुन् ।
त्यसका लागि तालिवानले अफगानिस्तान सरकारलाई मान्यता दिनुपर्ने र कानुनको पालना गर्नुपर्ने बताए ।
यसअघि शान्ति वार्ताको प्रस्ताव गरिएको भए पनि तालिवानले आक्रमण नरोक्दा सफल हुन सकेको थिएन ।
तालिवानले भने अफगानिस्तानको नेतृत्वले गर्ने व्यवहारमा शान्ति वार्ता भर पर्ने बताएका छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्