
एकआपसमा शुभकामना साट्दै रंगहरुको पर्व होली मनाएका हुन् । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) च्याप्टर पोखराले लेकसाइडमा विशेष कार्यक्रम नै आयोजना गरेको थियो ।
नाचगान र रंगले छ्यापाछ्याप गर्दै लेकसाईड परिक्रमा गर्दा विदेशी पर्यटकहरु निकै रमाएका देखिन्थे । होलीमा सहभागी भएका कतिपय विदेशीले विशेष रुचीका साथ नेपालीसँगै रमाइलो गरेका थिए ।
होली पर्वमा विदेशी पर्यटकहरु आपसमा रंगहरु दलेर होली मनाउँदा पर्यटकहरुको अनुहार रंगीचंगी बन्दा पर्यटकहरुलाई चिन्न समेत मुस्किल भएको छ ।
आन्तरीक एवं बाह्य पर्यटक प्रबद्र्धन गर्ने उद्देश्यका साथ रेवानले आयोजना गरेको होली विशेष कार्यक्रममा पर्यटकीय क्षेत्र लेकसाइडमा गरिएको हो ।
रेवानले अघिल्ला वर्षहरुमा पनि यस्तो कर्यक्रमले गरेर सवैको मन जितेको थियो पर्यटन ब्यवसायी भिमसेन भुजेलले बताए ।
कार्यक्रममा विदेशी पर्यटकहरु र नेपालीहरु एकआपसमा विभिन्न रंगहरु एकआपसमा दल्दै रंगिएका थिए ।
पर्यटन ब्यवसायीसँगमात्र होइन पर्यटकहरु बालबच्चाहरुसँग औधी खुशी भएर रंग हान्ने र अविर खेल्नमा ब्यस्त देखिन्थे ।
फिस्टेर गेट देखी हल्लनचोक सम्म पर्यटकको बढी चहलपहल हुने लेकसाइड क्षेत्र नै होलीको बेलामा आकर्षणको केन्द्रविन्दु बनेको छ ।
होलीमा पर्यटन ब्यवसायीसँगमात्र होइन पर्यटकहरु बालबच्चाहरुसँग औधी खुशी भएर रंग हान्ने र अविर खेल्नमा ब्यस्त देखिन्थे ।
होलीको वेला लेकसाइ क्षेत्रमा सवारी अस्तब्यस्त हुनेहुँदा करिब तीन किलोमीटर सडकमा सवारी बन्द गरेरै होली खेलिएको हो ।
यसैबीच, होली पर्व मनाउने क्रममा ट्राफिक नियम मिचेर मोटरसाइकल चलाउने करीब, ८० जना बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
जबर्जस्ती रंग दल्ने, मोटरसाइकल चलाउँदा हेल्मेट नलगाई चलाउने, एउटै मोटरसाइकलमा ३ जनासम्म चढ्ने तथा टाफिक नियमको उल्लंघन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्