Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


देशमा चौतर्फीरुपमा समृद्धि दिन्छौं : दाहाल


0
Shares

प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्तरुपमा नवलपरासी ( बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाटमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भने–‘अब सबै मिलेर देशमा चौतर्फीरुपमा समृद्धि दिन्छौं, देशमा विकासको आवश्यकता छ, तराई–मधेसमा अझ बढी विकास गर्न बाँकी छ ।’

संघीय समाजवादी फोरम नेपाललाईसमेत सरकारमा सहभागिता गराउन वार्ता अन्तिम चरणमा पुगेको जानकारी उनले दिए ।

नेकपा एमाले र माओवादी केन्द्र दुई कम्युनिष्ट पार्टीबीचको एकता अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले भने–‘अब दुवै केन्द्र भंग गरी एउटै कम्युनिष्ट पार्टी बनाएर नयाँ यात्रा तय गरिनेछ ।’

बिहीबारै अध्यक्ष दाहालले गौतमबुद्धको अष्टधातु रहेको नवलपरासीको रामग्राम स्तुपको अवलोकन गरे । रासस

Skip This