
काठमाडौं, फागुन २० । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आज सातौं स्मृति दिवस मनाईंदै छ ।
सन्त नेताको रुपमा चिनिने भट्टराईको २०६७ साल फागुन २० गते निधन भएको थियो । उनलेले झन्डै २० वर्ष कांग्रेसको सभापति बनेर पार्टी नेतृत्व गरेका थिए ।
२००३ सालमा नेपाली कांग्रेस गठन गर्दादेखि नै नेपालको राजनीतिमा उनी संलग्न थिए ।
भट्टराई २०४६ सालको जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषद्मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए ।
प्रधानमन्त्रीबाट राजीनामा दिएपछि एउटा छाता, सुराही र टिनको बाकसमात्र आफूसँगै लिएर फर्केका किसुनजीलाई सन्त र आदर्श नेताको रुपमा लिइन्छ ।
तर उनको आदर्श आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले पालना नगरेका भन्दै आलोचना हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्