२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रदेश नम्बर १ सरकारले चैत १५ गते पेश्की बजेट ल्याउने


0
Shares

विराटनगर, फागुन २० । प्रदेश नम्बर १ को सरकारले आगामी चैत १५ गते प्रदेश सरकार सञ्चालनका लागि आवश्यक पेश्की बजेट ल्याउने निर्णय गरेको छ ।

प्रदेश १ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारले खर्च गर्ने गरी पेश्की बजेट ल्याउने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले आगामी असार १ गते पूर्ण आकारको बजेट ल्याउने भए पनि त्यसअघि खर्च गर्न चैतमै पेस्की बजेट ल्याउने निर्णय भएको जानकारी दिए ।

बैठकले प्रदेशमा सरकारले आगामी एक सय दिनमा गर्ने कामको योजना बनाएर फागुन २२ गते सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ ।