
ताप्लेजुङ, फागुन २१ । जिल्ला अस्पताल ताप्लेजुङको एक मात्र एम्बुलेन्स झन्डै दुई वर्षदेखि बिग्रिएर थन्किएपछि सेवाग्राही मर्कामा परेका छन् ।
एम्बुलेन्समा सामान्य खरावी आए पनि समयमै मर्मत नगरी थन्क्याएर राखिँदा सेवाग्राही सेवा पाउनबाट बञ्चित भएका हुन् ।
लामो समयदेखि एम्बुलेन्स थन्किएपछि सर्वसाधारण विरामीलाई चर्को मूल्य तिरेर निजी एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ ।
अस्पतालका प्रमुख डा.सचिन यादवले भने एम्बुलेन्स बिग्रिएको विषयमा समितिलाई जानकारी गराउने बताए ।
आफू आएदेखि नै एम्बुलेन्स बिग्रिएको भन्ने जानकारी भएको तर के मा खराबी आएको भन्ने यकिन नभएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्