
काठमाडौं, फागुन २१ । नेपाली काँग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सकिएको छ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान १० बजेदेखि मतदान सुरु भएको थियो । सांसद प्रदिप गिरी र गगन थापाले अन्तिम मतदान गरेका छन् ।
निर्वाचन समितका अनुसार मत गणना तत्कालै सुरु गरिने छ । दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंह प्रतिस्पर्धामा छन् ।
मतदानका क्रममा पहिलो भोट नेता सिंहले खसाले भने दोस्रो भोट देउवाले खसालेका थिए ।
प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिकतर्फका ४० गरी ६३ जना सांसद छन् ।
मतदान लगत्तै मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । आज २ बजे नै संसदीय दलको बैठक समेत आब्हान गरिएको छ ।
संसदीय दलको उपनेता र राष्ट्रियसभा दलको नेता पनि संसदीय दलको नेताले नै तोक्ने कांग्रेस संसदीय दलको विधानमा उल्लेख छ ।
त्यस्तै, राष्ट्रियसभाका प्रमुख सचेतक प्रतिनिधिसभाको प्रमुख सचेतकको सिफारिसमा संसदीय दलको नेताले नै चयन गर्ने व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस्