
आगोलागीमा परी रु सात लाख बराबरको धनमाल जलेर नस्ट भएको प्रहरीले जनाएको छ ।
नेपाली सेनामा कार्यरत् क्याप्टेन प्रल्हाद थापाको घरमा बिहान आगोलागी हुँदा उनका भाइ ३० वर्षीय प्रदीप थापाको शरीरको चोट लागेको छ र घाइतेलाई उपचारका लागि काठमाडौं लगिएको छ ।
आगोलागीबाट ढुँगामाटोले बनाएको घर पूर्णरुपमा जलेर नस्ट हुँदा एकथान स्कुटर, अन्नपात, लत्ताकपडा, भाँडावर्तन सबै नस्ट भएको प्रहरीचौकी ढिकुरेका इन्चार्ज प्रनानि टेकबहादुर पालले जानकारी दिए ।
बिहान उज्यालो हुनुअघि घटना भएका कारण इबीमा आगो लगाइदिएको हुनसक्ने भन्दै छानबिनका लागि पीडित परिवारले प्रहरीमा उजुरी दिएका छन् ।
घटनाको जानकारी बिहान अबेरमात्र प्राप्त भएको र आगो लाग्नुको कारणसमेत शंकास्पद देखिएको प्रहरीको भनाइ छ । रासस
प्रतिक्रिया दिनुहोस्