
सोमबार मन्त्रालयमा आयोजित प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा सन्चारकर्मीको जिज्ञासामा प्रदेश सरकारको प्रवक्तासमेत रहेका मन्त्री शाहले कानुनलाई चुनौती दिने, सामाजिक सद्भाव खल्बल्याउने र अशान्ति हुने गतिविधि भएमा आरोपी चौधरीलाई अन्य कारागारमा स्थानान्तरण गर्नसकिने स्पस्ट पारे ।
कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालकातर्फबाट विजयी चौधरी टीकापुर घटना भएको झन्डै ३० महिनापछि केही दिनअघिमात्र अदालतमा उपस्थित भएका थिए ।
अदालतको आदेशबमोजिम कैलाली कारागारमा रहेका चौधरीसहितका टीकापुर घटनाका आरोपी २४ जना कारागारमा आइतबारदेखि अनशनमा बसेका छन् ।
मन्त्री शाहले कार्यक्रममा सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा मन्त्रालयको भौतिक व्यवस्थापनको सुदृढीकरणका साथै मन्त्रालयमा आधुनिक सूचना प्रविधियुक्त स्वचालित कार्यप्रणाली लागू गर्ने कामलाई पहिलो प्राथमिकता दिएका छन् ।
यसैगरी, उनले वेबसाइटको व्यवस्था गरी सूचना प्रवाह गर्ने, प्रवक्ता र सूचना अधिकारीको व्यवस्था गर्ने, गृहमन्त्रीसँग जनताको गुनासो सम्बन्धमा सीधा सम्पर्कको व्यवस्था गरी ‘जनमत शान्ति अभियान’ थालनी गर्ने, प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहेको कानुन निर्माणका लागि कानुन तर्जुमा समिति गठन गर्ने, प्रदेशको आन्तरिक सुरक्षा नीतिको अवधारणापत्र तयार गर्न कार्यदल गठन गर्ने, सुरक्षाको सन्दर्भमा पाश्र्वचित्र तयार गर्ने, ‘सुदृढ शान्ति–सुरक्षाः प्रदेश समृद्धिको आधार’ भन्ने अभियानसहित सुरक्षाको व्यवस्था गर्ने, विपद् व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, जनउत्तरदायी प्रशासन सन्चालन गर्नेलगायतका १८ बुँदे प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्