
काठमाडौं, फागुन २२ । संघीय संसद्को बैठक आज पनि बस्दै छ । अहिले केही समयपछि बस्ने संघीय संसद्को बैठकमा विभिन्न कार्यसूचीहरुमा छलफल हुने छ ।
प्रतिनिधिसभाको आजको बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिने मिति र सभामुख चयनको मितिसमेत तय गर्ने भएको छ ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।
त्यसैगरी आजको बैठकले नियमावली मस्यौदा समितिसमेत गठन गर्ने बताइएको छ ।
यसैगरी राष्ट्रिय सभाको बैठकले अध्यक्षको निर्वाचन मिति तय गर्न सक्ने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्