Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


बाल्टिन बम निस्क्रिय


0
Shares

जिल्लाको चौरजहारी नगरपालिका–१० मा सिँचाइको नहर (कुलो) खन्दा फेलापरेको बाल्टिन बम मंगलबार दिउँसो १२ः३० बजे नेपाली सेनाले निस्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

बमलाई सोमबार नै निस्क्रिय पार्ने भनि पनि अप्ठ्यारो ठाउँमा भएकाले मंगलबार दिउँसोमात्र निस्क्रिय पारिएको बताएको छ ।

सोमबार दिउँसो ३ बजे फेलापरेको बमलाई मंगलबार दिउँसो १२ बजेसम्म प्रहरीचौकी सर्केनाले सुरक्षा दिएको थियो । रासस