१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


स्थानीय तह र जिल्ला समन्वय समितिबीच विवाद, समीक्षा कार्यक्रम नै बहिष्कार


0
Shares

नवलपरासी, फागुन २३ । पश्चिम नवलपरासीका स्थानीय तह र जिल्ला समन्वय समितिबीच अधिकारको विषयलाई लिएर विवाद बढेको छ ।

दुवै निकायले एक अर्काभन्दा आफू नै ठूलो निकाय मान्दै आएकाले विवाद बढेको हो ।

जिल्ला समन्वय समितिले राखेको अर्धवार्षिक समीक्षा कार्यक्रम नगरपालिका र गाउँपालिकाले बहिष्कार गरेपछि दुई निकायबीचको विवाद सार्वजनिक भएको हो ।

स्थानीय तहहरुले आफूहरु स्वायत्व सरकार भएकाले कुनै पनि कार्यक्रमको जिल्ला समन्वय समितिलाई जानकारी दिन नपर्ने जिकिर गरेका छन् ।

तर जिल्ला समन्वय समितिले भने ऐनले निर्देशन गरेको व्यवस्थाअनुसार स्थानीय तहका केही काम आफू मातहत रहेको जनाएको छ ।

जिल्ला समन्वय समिति अनुगमन गर्ने निकाय मात्र भएको र कार्यकारी निकायजस्तो गरी उर्दी जारी गरेकाले आफूहरुले समीक्षा कार्यक्रम बहिष्कार गरेको बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्माले जानकारी दिए ।

पश्चिम नवलपरासीमा तीन नगरपालिका र चार गाउँपालिका छन् ।