
काठमाडौं, फागुन २३ । महिला अधिकारकर्मीहरुले राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएका छन् ।
१ सय ८ औं अन्तर्राष्ट्रिय नारी दिवसको पूर्वसन्ध्यामा आज राजधानीमा गरिएको कार्यक्रममा उनीहरुले राज्यका महत्वपूर्ण निकायमा महिलाको प्रतिनिधित्व नहुँदा महिलाहरु अधिकार पाउनबाट बन्चित रहेको गुनासो गरे ।
महिलामाथि अहिले पनि हिंसाका घटना जारी रहेको भन्दै अधिकारकर्मीहरुले महिला हिंसा अन्त्य गर्ने पहल गर्न आग्रह गरे ।
महिला अधिकारकर्मी बबिता बस्नेतले महिलाका मुद्धामा पुरुषलाई पनि सँगै लैजानुपर्ने बताइन ।
कार्यक्रममा एमाले नेतृ सीता गिरी, ब्लू डाइमण्ड सोसाईटीकी अध्यक्ष पिंकी गुरुङ, नायिका रेखा थापालगायतले महिलामाथि हुने गरेको विभेद अन्त्य नभएसम्म महिलाहरु अगाडि बढ्न नसक्ने बताए ।
कार्यक्रममा समाजमा महिलाले भोग्नु परेका समस्या, निराकरणका उपाय, महिला नेतृत्व र महिला मुद्धाका बिषयमा सहभागीहरुले आ–आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्