२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सिक्किमलाई हराउँदै झापा सेमिफाइनलमा


0
Shares

बुधबार घरेलु मैदानमा झापाले भारतको सिक्किम युनाइटेडलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेल अत्यन्तै प्रतिस्पर्धात्मक बन्यो ।

गोलको खाता भने सिक्किमले नै खोलेको थियो । खेलको १८औं मिनेटमा मयाल दोक लेप्चाले एक गोल गर्दै सिक्किमलाई अग्रता दिलाए । कुनाल तामाङको हेड पासमा लेप्चाले बललाई जाली चुमाएका हुन् ।

झापाले त्यसको ६ मिनेटपछि बराबरी गोल फर्कायो । २४औं मिनेटमा खमिर गिल्सन कन्दङ्वाले शानदार गोल गर्दै खेल १–१ को बराबरीमा पुर्‍याएका थिए । कर्ण लिम्बूको क्रसमा खमिरले साइक्लिङ गोल गरेका हुन् ।

उपहार गोल

खेलको ४२औं मिनेटमा झापाले उपहारस्वरुप एक गोल पायो । झापाका विश्वास श्रेष्ठको क्रस सिक्किमका खेलाडी जिग्मे दोर्जे भुटियाको खुट्टामा लागेर गोलमा परिणत भएपछि पहिलो हाफमा झापा २–१ ले अगाडि रह्यो ।

दोस्रो हाफमा कुनैपनि गोल नभएपछि झापा विजयी बनेको हो ।

खेलको ‘म्यान अफ दी म्याच’ झापाका विश्वास श्रेष्ठ घोषित भए । उनले २५ हजार रुपैयाँ पाए ।

प्रतियोगिताअन्तर्गत् बिहीबार हुने अन्तिम क्वार्टरफाइनल खेलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् ।