Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन


0
Shares

केन्द्रीय सुरक्षा समितिको बुधबारको बैठकमा गृहमन्त्री थापाले जनताले अनुभूत गर्नेगरी सुरक्षा व्यवस्था चुस्त–दुरुस्त बनाउन निर्देशन दिए ।

उनले सरकारले मुलुकलाई विकास र समृद्धिको दिशामा लैजाने विषयलाई मुख्य प्राथमिकता राखेको बताउँदै त्यस दिशामा जान शान्ति–सुरक्षाको सुनिश्चितता पहिलो शर्त भएको औंल्याए ।

निर्वाचनमार्फत् जनताले शान्ति, सुशासन र स्थिरताका लागि जनादेश दिएको भन्दै उनले मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोज्नेहरु निरुत्साहित हुनेगरी सुरक्षा निकायले काम गर्नुपर्नेमा जोड दिए ।

बैठकमा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, रक्षासचिव विनोद केसी, नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीले मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए । रासस