
तर, काठमाडौं महानगरपालिकाको बेवास्ताका कारण त्यस्ता आकाशेपुल व्यापार गर्ने थलोकोरुपमा विकसित भएका छन् ।
राजधानी काठमाडौंका विभिन्न सडकमाथि निर्माण गरिएका आकाशेपुल लथालिंग अवस्थामा पुगेका छन् ।
सडक वारपार गर्न सहज होस् भन्ने उद्देश्यले निर्माण गरिएका यस्ता आकाशेपुल अतिक्रमणको चपेटामा छन् ।
भद्रकालीचोक, सुन्धारा, जमल, वीर अस्पतालअगाडि, भोटाहिटी, कलंकी र नयाँबसपार्कमा भएका आकाशेपुल थलालिंग भएका छन् । पुलमाथि फोहोरको थुप्रो लागेको छ । त्योसँगै पुलमाथि नै असरल्ल पसल राखिएका छन् ।
आकाशेपुलमा बत्तीको व्यवस्था नहुँदा रातिको समयमा आपराधिक घटनासमेत हुने गरेका छन् ।
पुलमाथि जथाभावी पसल सन्चालन गर्दा काठमाडौं महानगरपालिकाले हटाउन चासो नदेखाएको बटुवाहरुको गुनासो छ ।
आम्दानी हुने लोभले महानगरपालिकाले आकाशेपुलमा ठूल्ठूला होर्डिङ बोर्ड टाँस्न विभिन्न कम्पनीलाई अनुमति दिएको छ । त्यसले पनि दुर्घटनाको जोखिम बढाएको छ ।
तर, काठमाडौं महानगरपालिका भने बिहानदेखि साँझ ६ बजेसम्म फुटपाथ व्यवस्थापन गरिरहेको दाबी गर्छ ।
महानगरपालिकाले राजधानीका प्रमुख स्थानमा थप आकाशेपुल निर्माण गर्ने योजना बनाएको छ ।
कोटेश्वर, नयाँबानेश्वर, महाराजगन्ज, घन्टाघर, गौशाला, चाबहिल, कलंकी, त्रिपुरेश्वर, टेकुलगायतका स्थानमा आकाशेपुल बनाउने योजना महानगरको छ । अब बन्ने आकाशेपुल अपांगमैत्री हुने पनि महानगरले जनाएको छ ।
नयाँ बन्ने आकाशेपुलमा व्यापारिक प्रयोजनका सटर र होर्डिङ बोर्डसमेत राख्न नदिने काठमाडौं महानगरपालिकाका प्रवत्ता ज्ञानेन्द्र कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस्