२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एसइई परीक्षाको तयारी पूरा, झन्डै पाँच लाख परीक्षार्थी


0
Shares

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधबार परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाको तयारी पूरा भएको जानकारी दिँदै परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तरपुस्तिका जिल्ला–जिल्ला पठाउने काम सकिएको बताए ।

उनले भने–‘परीक्षाको तयारी पूरा भएको छ । प्रश्नपत्र, उत्तरपुस्तिकासँगै अन्य सामग्री पनि जिल्ला पठाइएको छ ।’

यो वर्ष नियमिततर्फ चार लाख ५२ हजार र एक्जाम्टेड तथा प्राविधिक विषयमा ३३ हजार गरी कुल चार लाख ८५ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।

परीक्षाका लागि देशभरमा एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिए ।

बिहान ८ देखि ११ बजेसम्म हुने परीक्षाको पहिलो दिन चैत ८ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । प्राविधिकतर्फका परीक्षा चैत १४ गते सुरु भइ २० गतेभित्र सम्पन्न हुनेछन् ।

परीक्षामा एक हजार ९५६ केन्द्राध्यक्ष, तीन हजार ९१२ सहायक केन्द्राध्यक्ष र २३ हजार निरीक्षक खटिने बताइएको छ । रासस