२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


‘राजनीतिक दलभित्र लैंगिक विभेद कायमै’


0
Shares

नेपालको राजनीतिमा सीमित महिलाहरुलेमात्र प्रमुख पदमा स्थान पाउन सफल भएका छन् ।

नेपालले धेरै वर्षअघि प्रजातन्त्र प्राप्त गरेपनि त्यो विधिवत् ढंगले अघि बढ्न नसकेको महिला नेत्रीहरुको भनाइ छ ।

पछिल्लो समय संविधानले नै गरेको व्यवस्थाका कारण महिला अधिकारको विषय सशक्तरुपमा स्थापित भएको देखिन्छ ।

संघीय संरचनामा केन्द्रदेखि स्थानीय तहसम्मका संरचनामा प्रमुख वा उपप्रमुखमध्ये एक महिला हुनैपर्ने बाध्यकारी व्यवस्थाले राज्यका सबै निकायमा महिलाको पहुँच पुर्‍याएको छ ।

तर, नेपाली कांग्रेसकी महिला नेत्री पुष्पा भुसाल अझैपनि पार्टीभित्र महिलाले प्रमुख निर्णय गर्ने स्थान पाउन नसकेको बताउँछिन् ।

भुसालले नेपालका हरेक राजनीतिक दलभित्र अझैपनि लैंगिक विभेद कायमै रहेको आरोप लगाइन् ।

यस्तै, माओवादी केन्द्रकी महिला नेत्री सत्या पहाडीले महिलाको हक, अधिकार संविधानमामात्र सुनिश्चित नभइ उचित कार्यान्वयन पनि हुनुपर्ने बताउँछिन् । त्यसका लागि महिला आफैंपनि जागरुक हुनपर्ने महिला नेत्री पहाडीको भनाइ छ ।

राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशजस्ता पद महिलाले पनि एकचोटी सम्हालिसकेका छन् । उनीहरुले मुलुकको नेतृत्व महिलाले पनि गर्नसक्छन् भन्ने पुष्टिसमेत गरिसकेका छन् ।

भिडियो हेर्नुहोस्