
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बा८९प ८८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ट्राफिक आईल्याण्डमा ठोकिंदा चालक ललितपुरको च्यासल बस्ने रामेछापका २७ बर्षीय सरोज लामा घाइते भएका हुन् ।
उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको महाशाखाले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका अनुसार चालकले मदिरा पिएर सवारी साधन चलाउँदा दुर्घटना भएको हो । तीनजना सवार उक्त मोटरसाइकल आईल्याण्डमा ठोक्किएको थियो । दुर्घटना पश्चात मोटरसाइकलमा पछाडी सवार एकजना फरार रहेको र अर्का एकजनालाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्