२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहका लागि न्यून विद्यार्थी


0
Shares

दुई संकायमा पाँचवटा विषय पढाई हुँदै आएको क्याम्पसको स्नातकोत्तर तहमा विद्यार्थी संख्या नपुगेपछि अन्योल भएको हो । २०५९ सालबाट क्याम्पसले आन्तरिक स्रोतबाट सुरु गरेको स्नातकोत्तर तहमा यस वर्ष १९ जनामात्र भर्ना हुन आएका छन् ।

त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणाली लागू गरेपछि सो क्याम्पसमा अत्यन्तै न्यूनमात्र विद्यार्थी आएका हुन् । यही फागुन ५ मा मानविकी र शिक्षा संकायको स्नातकोत्तर कक्षाका लागि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको प्रवेश परीक्षामा १९ जना सहभागी भएका थिए । त्यसमध्ये शिक्षा संकायको अंग्रेजी विषयमा ११ जनाले प्रवेश परीक्षा दिई उत्तीर्ण भएका छन् । उत्तीर्णमध्ये पनि सबैको भर्ना हुने निश्चित छैन ।

गत वर्ष यो विषयमा ६५ जना विद्याथी भर्ना भएका थिए ।

शिक्षा संकायकै शैक्षिक योजना तथा व्यवस्थापन विषयमा एक जनामात्र आएका छन् । अघिल्लो वर्ष यस विषयमा ८० विद्यार्थी थिए ।

त्यसैगरी मानविकी संकायको ग्रामीण विकासमा तीन, समाजशास्त्रमा दुई र नेपालीमा दुई जना विद्यार्थीमात्र प्रवेश परीक्षामा सहभागी भई उत्तीर्ण भएका छन् ।

अघिल्लो वर्ष ग्रामीण विकासमा १ सय १७, समाजशास्त्रमा ८२ र नेपालीमा ३६ विद्यार्थी भर्ना भएका थिए ।