
नागरिकको घरदैलोमै पुगेर सरकारी सेवालाई दिने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । सदरमुकामसम्म आएर सेवा लिन नसकेका जिल्लाका दुर्गम स्थानका नागरिकलाई घरदैलोमा सेवा दिने उद्देश्यले डाँडागाँउ, टुलोगाँउ, लहरेपौवाका स्थानीय बासिन्दाका लागि एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए ।
शिविरमा नेपाली नागरिकताको प्रमाणपत्र, कृषि, पशु र स्वास्थ्य सम्बन्धी सेवा दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शिविरमा दुई हजार नागरिकले सेवा लिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्