
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल सर्जिकल भवनको शुक्रबार शिलान्यास गर्दै उनले भ्रष्टाचारीलाई कुनै पनि बहानामा छुट नदिने बताए । उनले देश र जनताप्रति प्रतिबद्ध भएर काम गर्न पनि निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउँदै लैजाने सरकारी प्रतिबद्धता पनि व्यक्त गरे । स्वास्थ्य क्षेत्रमा हेलचेक्र्याई कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै ओलीले नेपाल र नेपालीको सेवामा समर्पित हुन निर्देशन दिए ।
उनले उपचारलाई प्रभावकारी बनाउनु पर्ने आवश्यकता औंल्याउँदै उपचारमा लापरवाही नगर्न पनि निर्देशन दिए ।
ओलीले कुनै पनि नेपाली उपचारको लागि मुलुक बाहिर जाने परिस्थितिको अन्त्य गरिने र त्यसको थालनी पनि आफैंबाट गरिने बताए ।
अबको नेपाल गतिशील नेपाल भएको भन्दै ओलीले कुनै पनि बहानामा आलटाल र गुणस्तरमा सम्झौता नहुने प्रष्ट पारे ।
शिलान्यास गरेको भवन तोकिएकै मितिमा उद्घाटन हुनुपर्ने भन्दै उनले तलमाथि भए कारवाही गरिने चेतावनी दिए ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा. गणेशराज गुरुङले २ अर्ब ८५ करोडको लागतमा निर्माण हुने भवन २ बर्षभित्र निर्माण भईसक्ने बताए । ६ सय ५० शैयाको सर्जिकल भवन ९ तलाको आधुनिक औजार र प्रविधियुक्त हुनेछ ।
प्रतिक्रिया दिनुहोस्