२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


राजविराजको शु-सेन्टरमा आगलागी, ६० लाख रुपैयाँ बराबरको क्षति


0
Shares

सप्तरी, फागुन २६ । सप्तरीको राजविराज नगरपालिका–७ स्थित नौशाद शु–सेन्टरमा आज बिहान लागेको आगलागीबाट करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

बिहान करिब ३ बजे लागेको आगोबाट बिक्रीका लागि राखिएका जुत्ता-चप्पललगायतका सामान जलेर नष्ट भएको छ ।

राजविराज नगरपालिका, सिरहाको लहान र सुनसरीको ईनरुवा नगरपालिकाबाट आएका वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

आगलागीको कारण खुल्न सकेको छैन । शू सेन्टरका सञ्चालक नौसाद खातुनले व्यक्तिगत रिसईबीका कारण कसैले पसलमा आगो लगाइदिएको हुनसक्ने बताए ।