
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा ठाकुरले प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४ को नियम ६(३) बमोजिम महरा निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
सभामुख पदका लागि शुक्रबार भएको उम्मेदवारी मनोनयनमा उनकोमात्र उम्मेदवारीको सूचना परेपछि निर्विरोध भएको संघीय संसद सचिवालयले जनाएको थियो ।
बैठकमा नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले महरालाई सभामुखमा निर्वाचित गर्न प्रस्ताव गरेका थिए भने माओवादी केन्द्रका नेता देव गुरुङले समर्थन गरे ।
सो बैठकमा प्रस्तावक तथा समर्थकले लामो संसदीय अनुभवको गरिमालाई कायम राख्दै संविधान कार्यान्वयनका लागि विभिन्न कानुन तयार गर्नुपर्ने र मुलुकको समृद्धिका लागि संसदलाई एक ढिक्का बनाएर अघि बढाउन महराको नेतृत्वले काम गर्नसक्ने अपेक्षा गरे ।
सो प्रस्तावको समर्थनमा नेपाली कांग्रेसका डा. मीनेन्द्र रिजालले समर्थन गरे ।
उनले सबै पक्षलाई समेटेर र आवश्यक पर्दा सरकारलाई सहयोग, सचेत र निर्देशन गर्नेगरी भूमिका निर्वाह गर्न आग्रह गरे ।
प्रधानमन्त्रीको विश्वासको मत आइतबार
प्रतिनिधिसभाको अर्को बैठक आइतबार (भोलि) दिनको १ः०० बजे बस्नेछ ।
सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई विश्वासको मत लिनेसम्बन्धी कार्यसूची तय गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्