२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


वन कार्यालय सोलुखुम्बुको भवन अलपत्र


0
Shares

वि.सं. २०७१ साल माघ २० गते नीलगिरी निर्माण सेवाले जिम्मा लिएको उक्त भवन निर्माण कम्पनीको लापरबाहीका कारण हाल अलपत्रमा अवस्थामा छ ।

एक करोड २९ लाख रुपैयाँमा दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी जिम्मा लिएका बुद्वि मगरले निर्माण कम्पनीले आफूलाई गरेको कामको भुक्तानी नदिएकाले काम रोकिएको बताए ।

निर्माण कम्पनीको नाममा बजेट निकासा भएपनि कम्पनीले आफूलाई रकम उपलब्ध नगराएको उनको भनाइ छ ।

मगरले आफूले काम लगाएका मजदुरलाई पैसा दिन नसकेपछि काम रोक्न बाध्य भएको बताए ।

भवन अलपत्र बन्दा भवनमा प्रयोग गरिएका काठहरुसमेत कुहिन थालेका छन् । अरु निर्माणका सामग्री लथालिंग छाडिएको छ ।

भवन डिभिजन कार्यालयले ‘रनिङ बिल’अनुसार ६२ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको छ । रकम भुक्तानीलाई हेर्दा ५० प्रतिशतमात्र काम भएको देखिन्छ ।