
नेपाल गोजुरियो कराँते डो संघ शाखा डोजो कपनको आयोजनामा कपनस्थित साम्तेन मेमोरियल स्कुलको प्रांगणमा भएको दुईदिने प्रतियोगितामा ११ स्वर्ण, ७ रजत र ४ कास्यगरी २२ पदकका साथ काठमाडौं पहिलो भएको हो ।
त्यसैगरी ५ स्वर्ण, ४ रजत र ४ कास्यसहित १३ पदक बटुलेको काठमाडौंको आकाशदीप स्कुल दोस्रो भएको छ ।
मोरङ जिल्ला ४ स्वर्ण र २ रजतसहित ६ पदक बटुल्दै तेस्रो भएको छ ।
महिला तथा पुरुषका सिनियर र जुनियर गरी विभिन्न २८ स्पर्धामा भएको प्रतिस्पर्धामा महिलातर्फ जुनियर ४५ केजीबाट काठमाडौंकी मीरा गुरुङ सर्वोत्कृष्ट घोषित भइन् ।
त्यसैगरी, पुरुषतर्फ जुनियर ४० केजीबाट आकाशदीपका अनिष गिरी सर्वोत्कृष्ट खेलाडी बने ।
प्रतियोगिता संयोजक तथा प्रशिक्षक दीपक लामाकाअनुसार प्रतियोगितामा उपत्यका र उपत्यकाबाहिरबाट गरी २५० खेलाडीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्