२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कान्तिपुरविरुद्ध परेको मुद्दाको सुनुवाइ गर्न इजलास गठन


0
Shares

काठमाडौं, फागुन २७ । सर्वोच्च अदालतले कान्तिपुरविरुद्ध परेको अवहेलना मुद्दाको सुनुवाई गर्न सात सदस्यीय वृहत पूर्ण इजलास गठन गरेको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली नेतृत्वको ७ सदस्यीय वृहत पूर्ण इजलासमा न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र तेजबहादुर केसी रहेका छन् ।

न्यायाधीश बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको संयुक्त इजलासले गत मंगलबार कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मा र संवाददाता कृष्ण ज्ञवालीसँग बयान लिएको थियो ।

संयुक्त इजलासले पूर्ण वा वृहतपूर्ण इजलासमा राखेर निर्णय गर्न आदेश दिएपछि सोहीअनुसार सर्वोच्चले आज पेसी तोकेको हो ।

प्रधानन्यायाधीश पराजुलीको जन्ममिति र शैक्षिक योग्यताको प्रमाणपत्रका विषयमा कान्तिपुरले समाचार प्रकाशन÷प्रसारण गरेपछि त्यसैलाई आधारमा बनाएर गरिएको अपहेलनाको मुद्दाको सुनुवाई आज सर्वोच्चले गर्न लागेको हो ।