
सदरमुकामबासी पिउने पानी कै लागि अहिले खोलामा जान बाध्य भएका छन् । बिग्रिएको पानीको पाइप बनाउन सरोकारवाला निकायले गरेको बेवास्ताका कारण यस्तो अवस्था आएको हो । पानी नभएका कारण अस्पतालहरुको सरसफाईमा समेत ठूलो समस्या परेको छ ।
पानीको पाईप मूलदेखि वितरण गर्ने ट्याङ्कीसम्म ल्याउँदा खनेर कम्तीमा ९० सेन्टीमिटरको गहिरो बनाउनु पर्नेमा जमिनमाथि नै पाईप राखेकाले सामान्य समस्या आउँदा पनि पानीको आपूर्ति बन्द हुने गरेको छ ।
करिव तीन हजार घरघुरी रहेको धादिङ सदरमुकाममा २३ सयओटा धारा जडान गरिएको छ । दैनिक २५ लाख लिटर पानी आवश्यक पर्ने भए पनि दशदेखि १२ लाख लिटर पानीमात्र वितरण हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्