२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


परम्परागत धर्म र संस्कृतिको जगेर्ना गर्न एकजुट हुँदै माझी


0
Shares

अति सिमान्तकृत जातिमा पर्ने माझी समुदायको परम्परागत रिति, रिवाज र धर्म संस्कृति लोप हँुदै जान थालेपछि समुदायका मानिस एकजुट भएर संरक्षणमा लागेका हुन् । कमलाखोच क्षेत्रमा बसोबास गर्ने माझी समुदायले आफ्नो भेषभुषासहित कोसी पूजा अर्थात् लदीपूजा गरेका छन् ।

विधिपूर्वक लदी पूजा गरेमा पारिवारिक सुख, शान्ति मिल्ने विश्वास उनीहरुमा छ ।

यो समुदायमा राँगा, बोका, पाठी, परेवा, कुखुरा, सुंगुर र माछाको बली दिने प्रचलन छ ।

पछिल्लो जनगणना अनुसार नेपालका कुल ६८ जिल्लामा छरिएर रहेका अति सिमान्तकृत माझी जातिको जनसंख्या करिव एक लाखको हाराहारीमा छ । सिन्धुली र रामेछाप जिल्ला माझी जातिको उद्गमस्थल मानिन्छ ।