
अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सयले उकालो लागेर ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुनको मूल्य तीन सय रुपैयाँले घटेर ५७ हजार ४ सय प्रतितोलामा कारोबार भएको थियो ।
चाँदीको भाउ पनि १० रुपैयाँले उकालो लागेर ७ सय ५० मा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस १३ सय २४ डलर हाराहारीमा कारोबार भइरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्