१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


साँफेबगर नगरपालिकाका १४ वटा वडामध्ये ८ वडा कार्यालय भाडाका भवनमा


0
Shares

केही वडाका कार्यालय भवन जिर्ण भएका तथा केही भवन द्वन्द्वकालमा माओवादीले भत्काए पनि हालसम्म पूनर्निर्माण नहुँदा भाडामा भवन लिएर कार्यालय सञ्चालन गर्नु परेको नगरप्रमुख कुलबहादुर कुँवरको भनाइ छ ।

साँफेबगर नगरपालिकाका वडा नं. १, २, ३, ५, ७, ८, १२ र १४ वडा कार्यालय भाडाका भवनबाट सञ्चालन हुँदै आएको नगरप्रमुख कुँवरले जानकारी दिए ।

आफ्नो कार्यालय नहुँदा सेवा प्रवाहमा समस्या भएको वडा नं.२ का वडा अध्यक्ष कालुसिंह कुँवरले जानकारी दिए । वडा कार्यालयको मासिक ४ हजार भाडा रहेको अध्यक्ष कुँवरले जानकारी दिए ।

यस्तै वडा नं.३ शिद्देश्वरको वडा कार्यालयको भाडा ६ हजार, वडा नं.५ नवाठाना कार्यालयको भाडा मासिक २ हजार, वडा नं. १२ खप्तड वडा कार्यालयको मासिक ५ हजार र वडा नं.१४ पातलकोट वडा कार्यालयको भाडा २ हजार छ ।

भाडामा लिएर वडा कार्यालय सञ्चालन गर्नुपर्दा कार्यालयका काम अस्तव्यस्त हुँदै आएको वडा नं. १२ खप्तडका अध्यक्ष प्रकाश रानाले जानकारी दिए ।