
स्थानीय प्रशासनसँग चारबुँदे सहमतिपछि उनीहरुले अनशन स्थगित गरेका हुन् । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जुस खुवाएर अनशन तोडाए ।
फागुन २० गतेदेखि निर्वाचित सांसद रेशम चौधरीलाई सपथ दिलाइनुपर्ने, टीकापुर घटनामा थुनिएका सबैलाइ रिहा गरिनुपर्ने मागसहित कैलाली कारागारमा २४ जना आमरण अनशनमा बसेका थिए ।
निर्वाचित सांसद रेशम चौधरीको सपथका लागि सम्वन्धित निकायहरुमा जिल्ला प्रशासन कार्यालयले अविलम्ब जानकारी गराउने, टीकापुर घटनामा थुनिएकालाई लगाइएका मुद्दा फिर्ता लिन र क्षतिपू्र्ति दिन १५ दिनभित्र सम्वोधन गरिनु पर्ने र यस बिषयमा भएका प्रयासबो बन्दीहरुलाई जानकारी गराउने लगायतका सहमतिपछि अनशन स्थगित भएको हो ।
१५ दिन भित्र आफ्ना माग पुरा नभए अनशनरत पक्षले पुनः आमरण अनशन गर्ने चेतावनी दिएका छन् । यसअघि कैलालीका सबै राजनीतिक दलले विज्ञप्ती जारी गरि अनशनरत सबैको जीवन रक्षाका लागि माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्