
राष्ट्रपतिले दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दवाडीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको यात्रीबाहक युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरणकाक्रममा सोमबार दिउँसो १४ः१८ बजे दुर्घटनामा परेको थियो ।
उपराष्ट्रपति नन्दबहादुर पुनले पनि विमान दुर्घटना हुँदा भएको ठूलो मानवीय क्षतिप्रति दुःख प्रकट गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
उनले घाइतेको उचित उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध गरेका छन् ।
उनले दुर्घटनाका कारणबारे गम्भीर छानबिन गर्न तथा आगामी दिनमा दुर्घटना र दुर्घटनाबाट हुने क्षति न्यूनीकरणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको उनका प्रेस संयोजक मनोज घर्तीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस
प्रतिक्रिया दिनुहोस्