२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


पाँचथरको पर्यटकीय स्थल जोरपोखरी अतिक्रमणको चपेटामा


0
Shares

पाँचथर, फागुन २९ । पाँचथरको हिलिहाङ गाउँपालिकाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल जोरपोखरी अतिक्रमणको चपेटामा परेको छ ।

पोखरी नजिकैबाट सडक निर्माणसँगै अतिक्रमणमा पर्न थालेको जोरपोखरीमा पछिल्लो समय संरक्षणका नाममा विभिन्न संघसंस्थाले संभाव्यता अध्ययन नै नगरी पर्खाल निर्माण गरेपछि थप जोखिम बढेको हो ।

मेची राजमार्ग निर्माण सुरु भएदेखि नै यो पोखरीको अतिक्रमण हुन थालेको स्थानीय बताउँछन् ।

पछिल्लोपटक जोरपोखरीबाट खुँगा–एकतिन हुँदै मेमेङ जोड्ने ग्रामीण सडक निर्माणका क्रममा यो क्षेत्रको सबैभन्दा धेरै अतिक्रमण भएको स्थानीयवासीको भनाइ छ ।

संरक्षणका नाममा अवैधानिक तवरले पानी ल्याउने र पर्खाल लगाउने काम भएपछि पोखरीको सौन्दर्यतामा ह्रास आएको स्थानीयबासी बताउँछन् ।

प्राकृतिक पोखरीभित्र सिमेन्टको पर्खाल बनाइनुका साथै बाहिरबाट आउने फोहोर पानी र भेल व्यवस्थित नगरिंदा पोखरी सुक्न थालेको स्थानीय तुलसीराम भण्डारीले बताए ।