२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कार दुर्घटनामा एकजनाको मृत्यु, तीनजना घाइते


0
Shares

प्रहरीका अनुसार मृत्यु हुनेमा कारमा सवार धादिङ, जुँगेखोलाका २३ वर्षीय सरोज सुवेदी छन् । उनको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका कार चालकसहित ३ जनाको भरतपुर मेडिकल कलेज चितवनमै उपचार भइरहेको छ ।

गएराति साढे २ बजे बा१२च ४६१५ नम्बरको कार आफै अनियन्त्रित भई सडक किनाराको नालिमा पल्टदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।