Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


एक/दुई दिनमै सरकार विस्तार : दाहाल


0
Shares

संघीय संसद भवन परिसर नयाँबानेश्वरमा मंगलबार राष्ट्रपति पदका लागि मतदानपछि सन्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले आफू दोस्रोपटक प्रधानमन्त्री भएका बेला संविधान कार्यान्वयनका लागि स्थानीय तह निर्वाचनबाट प्रक्रिया सुरु गरिएको जानकारी दिए ।

‘स्थानीय तहको निर्वाचनसँगै सुरु भएको संविधान कार्यान्वयनको प्रक्रिया राष्ट्रपतिको निर्वाचनपछि आधारभूतरुपमा पूरा भएको छ । निर्वाचनमा जनताले उत्साहपूर्ण सहभागिता जनाएका छन्, अबको यात्रा विकास र समृद्धितिर हुनेछ’–उनले भने ।

‘सरकारले कहिले पूर्णता पाउँछ ?’ भन्ने सन्चारकर्मीको जिज्ञासामा अध्यक्ष दाहालले मंगलबारै (आज) प्रधानमन्त्री केपी शर्मा ओलीसँग यस विषयमा छलफल भएकाले एक/दुई दिनमै मन्त्रिमन्डल विस्तार हुने बताए । रासस